देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक: मन्त्री सिंह
२०८१ पुष १८ गते विहिबार
- बिहिबार नेपाली काङ्ग्रेस सय दिने विशेष अभियान अन्तरगत आयोजित क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक भएको भन्दै जनताले प्रश्न उठाउने अवस्था सिर्जना भएको बताए ।
काठमाडौं : उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश परिवर्तन गर्नको लागि राजनीतिक स्थिरता आवश्यक भएको बताएका छन् ।
बिहिबार नेपाली काङ्ग्रेस सय दिने विशेष अभियान अन्तरगत आयोजित क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक भएको भन्दै जनताले प्रश्न उठाउने अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘हामीले सोचे अनुसारको परिवर्तन ल्याउनको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । तर अहिले के देखिएको छ भने छिन छिनमा सरकार परिवर्तन हुन्छ त्यसपछि जनताले सरकारको त कति दिन हो हाम्रो लागि के काम गर्छ भन्ने खालको प्रश्न उठाउन थाल्यो ।’
यसको साथै, उनले नेपाललाई संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको भन्दै संस्थापक नेताहरु जीवन त्याग गरेर प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु सबैको दायित्व भएको बताए ।
उनले भने, ‘नेपाललाई संकट पर्दा त्यो संकटबाट निकाल्ने पार्टी नेपाली काङ्ग्रेस नै हो । हाम्रो चुनौती भनेको के हो भन्दा हाम्रो संस्थापक नेताहरु देखि लिएर नेतृत्व गर्ने नेताहरुले जनताको अधिकारको लागि जीवन त्याग गर्नु भयो अब हाम्रो दायित्व के हो त भन्दा त्यो प्राप्त गरेको अधिकारलाई जोगाएर राख्नु हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।